Breaking News
चितवनमा निषेधाज्ञा : भोलिदेखि बैंक तथा वित्तिय संस्थामा आधा कर्मचारीले मात्र सेवा प्रवाह गर्नुपर्ने

चितवन, बैशाख २२
चितवनमा जारी रहेको निषेधाज्ञामा भोलिदेखि बैंक तथा वित्तिय संस्थामा कार्यरत आधा कर्मचारीबाट मात्र सेवा प्रवाह गर्नुपर्ने भएको छ । आज सम्पन्न जिल्ला कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो ।
बैठकले बैंकका एटिएम बुथहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न बुथका ढोकाहरु खुल्ला राखी स्यानिटाइजर एवं टिस्यु पेप्परको व्यवस्था गर्न निर्देशन गरेको छ ।
यस्तै बंकहरुले एकदिन बिराएर आलोपालो सेवा प्रदान गर्न समेत प्रशासनले निर्देशन गरेको छ । बिहान दश बजेदेखि दिउसो दुई बजेसम्म मात्र सेवा प्रवाह गर्न पाइने डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाको हकमा भने एकभन्दा बढी शाखा हुने बैंकहरुले एउटा शाखाबाट मात्र ट्रेलर सञ्चालन गर्न पाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । साथै बैंकमा भिडभाड हुन नदिन टोकन प्रणाली अवलम्वन गर्न निर्देशित गरिएको उनले बताए ।


























