Breaking News

अन्ततः माओवादीले लियो प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता

Banner

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेको सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>