Breaking News

चितवनमा निषेधाज्ञा थप कडा गर्ने तयारी,अटेर गरे कारवाही गरिने

Banner

चितवन,बैशाख २२-

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा अझै कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकाहरुलाई पनि अलट हुन आग्रह गरिएको जानकारी दिनुभयो । आज बस्ने जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले थप कडाई गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

“निषेधाज्ञाको बाँकी अवधिमा अझै सचेत बन्नुपर्ने देखिएको छ,उहाँले भन्नुभयो’,कारवाहीको प्रकृयालाई पनि बढाउने तयारीमा छौं ।” प्रजिअ लामिछानेले स्वयम निषेधाज्ञा कार्यान्वयन गराउनका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटिनुभएको छ । चितवनमा निषेधाज्ञाको आज छठौं दिन हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>