Breaking News

बुटवलमा अक्सिजन बैंक स्थापना,आबश्यक परे तत्काल उपलब्ध गराइने

Banner

बुटवल,वैशाख २२-

अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना सङ्क्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ । यस्तो बैंकमा अक्सिजनसहितका सिलिण्डरको सङ्ग्रह हुनेछ । अत्यावश्यक अवस्थामा अक्सिजन उपलब्ध हुनेछ । स्थापनाकै दिन बैंकमा एक सय सिलिण्डर जम्मा भएका छन् ।

बुटवल उपमहानगरपालिकाले यस्तो बैंक स्थापना गरेको हो । मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो । उहाँका अनुसार होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पु¥याउने छन् । अब कसैको उपचार अक्सिजनविना रोकिने छैन् ।

यस्तो बैंकमा एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ । उपमहानगरले यस्तो सेवा नमुना भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>