Breaking News

उपत्यकामा एक साता निषेधाज्ञा थप,बेलुका पसल खोल्न नपाइने

Banner

काठमाडौं,बैशाख २१-

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अबदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>