चितवन विशेष

चितवन मेडिकल कलेजमा १२ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु

Banner

चितवन,बैशाख २० –

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ घण्टाभित्र ३ जनाको मृत्यु भएको छ । उनीहरु तीनै जना चितवन बाहिरका हुन् । मृत्यु हुनेमा बारा, रुपेन्देही र कलैयाका पुरुषहरु रहेका छन् । आइतबार राति दुईजना र सोमबार बिहान एकजनाको मृत्यु भएको हो । यो बाहेक पुरानो मेडिकल कलेजमा थप एकको मृत्यु भएको छ ।

सिएमसीको शिक्षण अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार बारा जिल्ला कलैया–६ का ६५ वर्षीय पुरुषको सोमबार बिहान नौ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको छ । ती व्यक्ति ज्वरो र श्वास्प्रश्वासको समस्या भएका कारण गएको मंगलबार वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनलाई वैशाख ६ गते नै कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसै गरी आइतबार राति १० बजेर ३४ मिनेट जाँदा अस्पतालमा उपचार गराइरहेका रुपन्देही तिलोत्तमा नगरपालिका–५ मणिग्रामका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी शनिबार चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । टाउको दुख्ने र कमजोरी अनुभव हुन थालेपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना भाइरसको संक्रमण भएको वैशाख ९ गते नै पत्ता लागेको थियो ।

त्यसअघि आइतबार राति ९ बजेर ५३ मिनेट जाँदा चितवन मेडिकल कलेजमै अर्का संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तु जिल्ला तौलिहवा–१ घर भएका ४७ वर्षीय पुरुष रहेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको वैशाख १३ गते कपिलवस्तुमा नै पत्ता लागेको थियो । चितवन मेडिकल कलेजमा उनी वैशाख १९ गते आइतबार मात्रै भर्ना भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>