Breaking News
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि कांग्रेस सभापति देउवाले डाके पदाधिकारी बैठक
०

काठमाडौं, बैशाख २०
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
दिउँसो दुई बजे देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























