Breaking News

चितवनमा निषेधाज्ञाले बिहान बेलुका छाक टार्नेलाई समस्या

Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख १९ –

चितवनमा आज निषेधाज्ञा भएको तेस्रो दिन भयो । निषेधाज्ञाले विशेष गरी व्यापार, व्यवसाय, मजदुर गरेर बिहान बेलुका छाक टार्ने व्यक्तिहरुलाई असर पुर्‍याएको देखिन्छ । लमजुङकी सितामाया नेपाली भरतपुरको हाकीमचोकमा १७ सय भाडा तिरेर बस्छिन् । सितामायालाई अहिले निषेधाज्ञाले पर्नु पिर परेको छ । बिहानदेखी चामलको बोहोरामा हरियो करकलो लिएर उनी नारायणगढको मन्डीमा आएर बसेको तिन घण्टा भयो । लगभग आधा घण्टाको बाटो हिडेर उनी मन्डीमा आईपुगेकी हुन । सितामायाको तरकारी भने बिक्रि हुन सकिरहेको छैन । बल्ल तल्ल एक जना महिलाले उनको तरकारी किनिदिन्छन् ।

त्यस्तै रुकमाया थापा पनि साईकलको पछाडि पाकेको दुई घरी केरा राखेर बिक्री गर्न बजारतिर झरेकी छिन् । उनको घरमा पनि दिनभरीको कमाईले बिहान बेलुकाको छाक टार्नुपर्ने हुन्छ । साना सानै छोराछोरीलाई पढाईलेखाई ठुलो मान्छे बनाउने सपना छ रुकमायाको । तर निषेधाज्ञाले गर्दा खानालाई समेत समस्या परेको उनले सुनाईन् ।

स्थानिय सरकारहरुलाई भने यी कुराहरुले केही फरक नपर्ने खालका व्यवहार देखाईरहेका छन् । भरतपुर महानगरपालिका प्रवक्ता अरुण पिडित भण्डारी भन्छन्,’उनीहरुले दुख पाएको आफ्नै कारणले गर्दा हुन । पैसाको बचत गर्न नसकेर समस्यामा परेको हो ।’ स्थानिय सरकारले अहिले कुनै राहत वितरण गरेको छैन ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>