Breaking News
राष्ट्र बैँकले भन्यो: कोरोना संक्रमण बढेकोले बैँकमा २५ प्रतिशत मात्र कर्मचारी राखेर सेवा दिनु
०

काठमाडौँ, वैशाख १९
कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएकोले नेपाल राष्ट्र बैँकले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ ।
आज एक सूचना जारी गर्दै केन्द्रीय बैँकले बैँक तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो ।
निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैँकले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैँक तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैँकको निर्देशन छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























