Breaking News

दाङमा भारतीय नम्बरको कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो

Banner

दाङ, वैशाख १९-

दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको भारतीय कारभित्र मृत अवस्थामा फेला परेका तीनजना बालकको पहिचान खुलेको छ । उनीहरू तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका रहेको खुल्न आएको प्रहरीले बताएको छ । मृतकमध्ये दुईजना सहोदर दाजु भाइका छोराहरु हुन् ।

बरुवागाउँ निवासी किरण परियारका छोरा ६ वर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ वर्षीय सुवाश भनिने सुवर्ण परियार र सोही ठाउँकै भीमबहादुर परियारको छोरा ९ सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि शनिबार राति अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको हो । घटनाको अनुसन्धानका लागि कुकुरसहितको विशेष टोलीले अनुसन्धान थालेको छ । नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोलीले घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले जान्कारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा शनिबार बेलुका तीनवटा शव फेला परेको थियो । पार्किङ गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसि ०८८५ नम्बरको निशानको कारभित्र शव भेटिएको हो । आफन्तका अनुसार ती बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>