Breaking News

बैठक नै नबसी लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

Banner

बुटवल, वैशाख १९–

बैठक नै नबसी लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सभाको बैठक आज दिउँसो एक बजेदेखि बस्ने तय भएको थियो । जसमा विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर मुख्यमन्त्री शंकर पोख्रेलले अकस्मात राजीनामा दिएपछि परिस्थिति फेरिएको हो ।

‘‘लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ’ प्रदेश प्रमुख कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>