Breaking News
भरतपुरमा आज ५ घण्टा विद्युत अबरुद्ध हुने,यी स्थानमा जाँदैछ लाइन ?
०

चितवन,बैशाख १९-
भरतपुरका विभिन्न क्षेत्रमा आज ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले निकालेको सूचना अनुसार आज विहान ९ बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुन लागेको हो । वितरण केन्द्र अन्तर्गत भरतपुर टर्मिनल बसपार्कदेखि गोन्द्राङसम्म सडक डिभिजन कार्यालय चितवनबाट छ लेन सडक विस्तार गर्न विद्युत संरचना सार्ने कामका लागि सो आसपासका क्षेत्रहरुमा विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
भरतपुर २ फिडर र औधोगिक १ फिडर र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर विनोद ढकालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























