Breaking News
दाङमा चार महिनादेखि पार्किङमा राखेको कारभित्र तीन बालकको शव फेला
०

दाङ,बैशाख १९-
दाङमा भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका(६ स्याउली बजारमा रोकिराखेको कारभित्र तीन बालकको शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार भारतीय जे ०१६६०८८५ नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएको हो । कार माघ महिनादेखि पार्किङमा राखिएको थियो ।
कसको गाडी त्यहाँ पार्किङ गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























