मकवानपुर

मकवानपुरमा निषेधाज्ञा लगाउन डीसीसीएमसीको सिफारिस

Banner

मकवानपुर,बैशाख १८-

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले मकवानपुरका ४ वटा स्थानीय तह र राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । केन्द्रको बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गर्न सिफारिस भएको हो ।

त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर पनि निषेधाज्ञा लगाउन केन्द्रले सुरक्षा समितिलाई सिफारिस गरेको छ । केन्द्रको सिफारिसको आधारमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकार भरतमणि पाण्डेले बताए । उनले आवश्यक छलफल पश्चात निषेधाज्ञा जारी गरिने गरी तयारी भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>