Breaking News

सुपर लिग फुटबलः चितवनमाथि जित निकाल्दै धनगढी शीर्ष स्थानमा

Banner

चितवन,बैशाख १८-

नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ। धनगढीले शनिबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनमाथि ३-० को जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा धगनढीले दोस्रो हाफमा तीन गोल गर्‍यो। उसका लागि खेलको ६४ मिनेटमा निशान लिम्बूले पहिलो गोल गरे। ६९ मिनेटमा ओलाडिपो ओलावाले आफिजले धनगढीको अग्रता दोब्बर पारे। ८० मिनेटमा बुद्धबल तामाङले धनगढीका लागि तेस्रो गोल गरेका थिए।

जारी लिगमा धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको बुटवलको २ खेलबाट ४ अंक छ। ३ खेलबाट ४ अंक जोडेको पोखरा थन्डर्स तेस्रो स्थानमा छ। चितवन भने ३ खेलबाट २ अंक जोड्दै छैटौं स्थानमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>