Breaking News
चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने १७७५ जना र ५६९ सवारी कारबाहीमा
०
चितवन, बैशाख १८
चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने १७७५ जना र ५६९ सवारीलाई कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज गिरीले आज बिहानदेखि दिउँसो दुई बजेसम्म सो संख्यामा कारबाही गरिएको जानकारी दिए । कारबाहीबाट १३ हजार ८ सय रुपैयाँ जरिवाना उठेको उनले जनाए ।
निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १५ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























