Breaking News

ठेकेदारले समयमा पैसा नदिँदा अस्पतालको बेडमा छटपटाइ रहेकी श्रीमती भेट्न समस्या

Banner

मनिका विश्वकर्मा

भरतपुर, वैशाख १८ –

काँधमा ओढ्ने ओछ्याउने बिस्तारासहित रमेश शर्मा भरतपुरको उकालो चढ्दै थिए । हातको पाखुरामा रातो जेब्रा झोला र पिठ्युमा कालो झोला बोक्दै थिए । दाङको घोराही घर भएका उनी हतारमा देखिन्थे । उनी मुग्लिनबाट ट्रकमा चढेर नारायणगढसम्म आए । सडकमा नाली बनाउने काम गर्ने उनलाई ठेकेदारले बन्द भएको बिहान नै पैसा दिएका थिए ।

उनी घर जाने सोचमा पनि थिएनन् । दुई सन्तानकी आमा रहेकी शर्माको श्रीमतीले फेरी तेस्रो सन्तानलाई जन्म दिँदै छन् । श्रीमतीको अवस्था नाजुक रहेको भन्ने खबर आएपछि उनले काम नै बीचमा रोकेर दाङ जान लागेका हुन् । दाङको महेन्द्र अस्पतालमा सुत्केरी हुन लागेकी श्रीमतीलाई भेट्न जान उनी हतारिएका छन् । उनले नारायणी अनलाइनलाई भने, ‘ भोकै पेटमा नै जसरी पनि घर पुग्ने आशमा रहेका छु ।’

शर्मा भन्छन्र्, ‘घर कसरी जानुपर्छ भन्ने कुरा उपरवालाले बताउँछन् हामीलाई ।’ उनलाई बन्द हुने खबर पनि थियो । तर ठेकेदारले काम गरेको पैसा समयमा नदिएपछि उनी आज हिडेर नै जान बाध्य बनेको बताउँछन् । ‘हिँड्दै जाउँ कहीँ गाडी भेटिए जान हुन्थ्यो’ उनले भने ‘श्रीमती सुत्केरी ब्यथा लागेर अस्पताल छन् । हिजै हिँड्छु भनेको ठेकेदारले पैसा पनि ढिलो दियो । शर्माले भने ।

यसैगरी सात जना युवाहरु पनि ठेकेदारले काम गरेको पैसा नदिएपछि हिडेर जान बाध्य भएका छन् । सप्तरी घर भएका उनीहरु नारायणगढको एक कम्पनीमा मजदुरी गर्थे । तर, ठेकेदारले काम गरेको महिना पुग्दा पनि पैसा नदिएपछि उनीहरु आफ्ना घर जान बाध्य भएका हुन् । उनीहरु फरक फरक कम्पनीमा काम गर्छन् । घर जाँदै गरेका सुरज खातुन भन्छन्र्, ‘ठेकेदारले पैसा नदिएपछि हामीलाई खान बस्न नै समस्या हुने देखेर घर नै जानुपर्छ लागेर हिडेको हो ।’

उनले भने, ‘गाडी पनि चलेका छैनन् । अब खै कसरी जाने । ट्रक पाए नि जान हुन्थ्यो । नभए हिँड्दै जाने त होला घर ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>