Breaking News
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो, आजै मात्र ६ जनाको ज्यान गयो
०
बाँके,बैशाख १८-
बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ। पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यस्तै सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























