Breaking News

श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

Banner

काठमाडौं,बैशाख १८-

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । मे दिवसको अवसरमा सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले दैनिक ज्याला पनि वृद्धिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने उनले बताए ।

गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने ओलीको भनाइ थियो । नियमानुसार गत वर्ष न्यूनतम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो । प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्ध भएको भन्दै सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>