चितवन विशेष

पौडेलको ‘स्मृतिका तरङ्ग’

Banner

चितवन, वैशाख१७ –
पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ शीर्षक कृति बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा भएका आफूसँग सम्बन्धित घटना पुस्तकमा उतार्नुभएको छ ।
‘नारायणी टुडे’ राष्ट्रिय मासिक प्रकाशक रहेको सो कृति १६० पृष्ठको छ । पौडेलले भन्नुभयो “मैले पुस्तकमा ९० प्रतिशत जस्ताको तस्तै लेखेको छु । शतप्रतिशत लेख्दा सामाजिक संरचना खल्बलिने भएकाले पूरै लेख्न सकिन ।” चितवन जिल्लामा मात्र १० हजार पुस्तक बिक्री गर्ने लक्ष्य पौडेलको छ ।
गलत दिशातर्फ गइरहेको नेपाली समाज ठीक बाटामा ल्याउन यसले मद्दत गर्ने उहाँको भनाइ छ । पुस्तकमा सामाजिक, आर्थिक र राजनीतिक विषय समेटिएको छ । साहित्यकार डिआर पोख्रेलले संस्मरण निकै राम्रो यथार्थवादी रहेको बताउनुभयो । आफ्नो र अरुको राम्रो, नराम्रो, छोटो छरितो र मीठो तरिकाले प्रस्तुत गरिएको छ ।
पौडेलको यसअघि ‘समय प्रवाह’, ‘समय सन्दर्भ’, ‘समय चक्र’, ‘परिवेश र प्रवृत्ति’ तथा लेखसङ्ग्रह प्रकाशन भइसकेका छन् । छब्बीस वर्षदेखि निरन्तर पत्रकारितासँगै लेखनमा सक्रिय पौडेलले राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा करीब दुई हजार पाँच सय समसामयिक लेख लेखिसकिएको जिकिर गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>