चितवन विशेष
निषेधाज्ञामा चितवन प्रशासनबाट कुनै पनि सवारी पास नपाइने
०

चितवन,बैशाख १७-
चितवनमा आजदेखि लागू भएको निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि सवारी पास उपलब्ध नहुने भएको छ ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनलाई वैशाख १५ गते पठाएको पत्रमा निषेधाज्ञा जारी भएका जिल्लाहरुबाट आन्तरिक तथा बाह्य कुनै पनि प्रकारको सवारी पास जारी नगर्नू नगराउनू भन्ने निर्देशन प्राप्त भएकाले चितवनमा पनि कुनै पनि सवारी पास जारी नहुने प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























