Breaking News
चितवनमा आजदेखि निषेधाज्ञाः तरकारी तथा खाद्यान्न पसल विहान ३ घण्टा मात्रै खोल्न पाइने

चितवन,बैशाख १७-
चितवनमा आजदेखि लागु भएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयका लागि मात्र संचालन गर्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक आदेश जारी गर्दै खाद्यान्न तरकारी लगायतका सेवा दिने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने जानकारी दिएका हुन ।
प्रजिअ लामिछानेका अनुसार तरकारी,फलफुल,खाद्यान्न,माछा,मासु,अण्डा,पानी र निर्माण सामाग्री विक्री गर्ने पसल तथा व्यवसायहरु विहान ३ घण्टा मात्र संचालन गर्न पाइनेछ । उद्योग कलकारखाना संचालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योग भित्र आवासको व्यवस्था गर्नुपर्नेछ । उद्योगभित्र आवासको व्यवस्थ गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ । चितवनमा राती १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ ।



























