Breaking News

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत अवस्थामा फेला

Banner

चितवन, वैशाख १६ –

चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । आज निकुञ्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा गैंडा मृत फेला परेको हो । उक्त गैंडा निकुञ्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरेको निकुञ्जले बताएको छ ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार प्रारम्भिक परिक्षणको आधारमा उक्त गैंडा प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । गैंडाको सरकारी समान खाग खुर सुरक्षित रहेको छ । यस आ व २०७७/२०७८ मा हालसम्म ३१ गैडाको मृत्यु भएको र सो मध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेका छन् । यस निकुञ्जमा ६९४ गैडा छन् र सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>