Breaking News

ठिमुरा–देवघाट पुल भाँचिदा बेपत्ताको शव फेला, शसस्त्रको गोताखोरले नदीबाट निकाले

Banner

चितवन, वैशाख १६ –

ठिमुरा–देवघाट जोड्ने पुल भाँचिदा बेपत्ता भएका दुबै जनाको शव फेला परेको छ । बेपत्ता एकको हिजो बुधबार र आज बिहीबार अर्का एक जनाको शव फेला परेको हो । आज बिहान सशस्त्र प्रहरी बल विपद् व्यस्थापन तालिम केन्द्र कुरिन्टारको गोताखोरसहितको टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल आँपटारीको संयुक्त टोलीले नदीबाट शव निकालेको हो ।

आज बिहान ९ बजे पुल निर्माणस्थल मुनि नदीमा फलामले च्यापिएको अवस्थामा भारतको बिहार प्रदेश मोतियारी जिल्ला बस्ने २८ वर्षीय श्यामबाबु पाठकको शव फेला परेको प्रहरीले जनाएको छ । हिजो शव फेला पर्नेमा भारतको पश्चिमा चम्परातमा घर भएका २३ वर्षीय सुजित माझी रहेका छन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुल वैशाख १२ गते बिहान ९ बजेतिर भाँचिएको थियो । भाँचिएपछि काम गर्दैगरेका कामदार फलामसहित खसेका थिए । घटनामा दुई जना बेपत्ता र ८ जना घाइते भएका थिए ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>