चितवन विशेष

ठिमुरा-देवघाट जोड्ने पुल भाँचिदा वेपत्ता भएकामध्ये एक जनाको शव भेटियो

Banner

चितवन, वैशाख १५ –

ठिमुरा-देवघाट जोड्ने पुल भाँचिदा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीका अनुसार भारतको पश्चिमा चम्परातमा घर भएका २३ वर्षीय सुजित माझीको शव भेटिएको हो । घटना स्थलभन्दा ५ सय मिटर तलको नदीको भंगालोमा माझीको शव फेला परेको गिरीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुल भाचिँदा एक जना मजदुर त्रिशूलीमा खसेर मृत्यु भएको थियो भने घटनामा दुई जना बेपत्ता र ८ जना घाइते भएका थिए । वेपत्ता भएका एक जनाको शव भने फेला परेको छैन ।

वैशाख १२ गते बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । अन्य घाइतेहरुको उपचार चितवन मेडिकल कलेजमै भइरहेको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८।५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>