Breaking News

चितवनमा भोलि रातीदेखि निषेधाज्ञाः के खुल्ने के नखुल्ने ?

Banner

चितवन,बैशाख १५-

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

निषेधाज्ञामा संचालन गर्न नपाइने सेवा तथा कार्यहरुः

१. अत्यावश्यक काम बाहेक कोही घर बाहिर ननिस्कने तथा जथाभावी हिडडुल नगर्ने ।

२. सबै प्रकारका सभा सम्मेलन गोष्टी, सेमिनार, तालिम, जात्रा, महोत्सव संचालन गर्न नपाउने ।

३. सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेष्ट, फनपार्क, फुटसल, पुस्तकालय, संघ्रालय, फिटनेश सेन्टर, जिमखाना, हेल्थ क्लब, स्पा, व्युटी पार्लर, शैलुन, टेलरिङ, स्वीमिङ पुल, फुटपाथ पसल तथा सेवा तथा कार्य संचालन गर्न नपाउने ।

४. अनलाईन बाहेकका शैक्षिक गतिविधिहरु संचालन गर्न नपाइने ।

५. विवाह व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा १५ जना नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नेगरी मात्र गर्न पाइने ।

६. मृत्यु संस्कारमा अनिवार्य सहभागि हुनुपर्ने अवस्थामा सवारीसाधन प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिनुपर्नेछ ।

७. लामो तथा छोटो दुरीका सार्वजनिक एवं निजी सवारीसाधन संचालन गर्न नपाइने ।

८. धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।

९. चितवन राष्ट्रिय निकुन्ज तथा सामुदायीक बनहरुमा हुने सबै प्रकारका जंलग सफारी तथा नारायणी र राप्ती नदिमा हुने जलयात्रा संचालन गर्न नपाइने ।

१०. अत्यावश्यक सेवा संचालन गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने ।

११. खाद्य सामाग्री, तरकारी फलफुल दुध डेरी, ग्यांस पसल, पेट्रोल पम्प लगायतका अत्यावश्यक बस्तु वा सेवा आपुर्ती गर्ने बाहेक अन्य पसल व्यवसाय संचालन गर्न नपाइने ।

संचालन गर्न पाइने सेवाहरुः

१. स्वास्थ्य, शान्ती सुरक्षा, विद्युत, दुरसंचार इन्टरनेट सेवा समेत, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यांस तथा पेट्रोलियम पदार्थ, तरकारी फलफुल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षिको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धि सेवा तथा कार्यहरु ।

२. उद्योग तथा कलकारखानाहरुको हकमा कामदार लगायत सबैले जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्ने । कर्मचारी तथा कामदारका लागि उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्ने । त्यो सम्भव नभएमा उद्योगले नै लाने ल्याउने व्यवस्था गरेर उद्योग संचालन गर्न सकिने ।

३. एम्बुलेन्स (विरामी बाहेक दुई जना कुरुवा समेत), शबबहान, दमकल, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारीसाधन, कुटनितिक नियोगका सवारीसाधन, मालबहाक सवारीसाधन, निर्माण सामाग्रिका ढुवानी गर्ने साधनहरु तथा अत्यावश्यक सेवा तथा सरकारी कामका लागि प्रयोग हुने सवारीसाधनहरु ।

४. बैकको एटिएम संचालनमा प्रयोग हुने सवारी साधनहरु,समाचार संकलनका लागि संचारकर्मीले प्रयोग गर्ने सवारी साधनहरु ।

५. कृषि उपज तथा औजार ढुवानी गर्ने सवारीसाधन ।

६. अनुमति प्राप्त सवारीसाधनहरु ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>