गण्डकी

देवघाटको हरिहर मन्दिर पुनःनिर्माणका लागि भूमिदान महादान अभियान सुरु

Banner

चितवन, बैशाख १५
देवघाट धाममा रहेको श्रीहरिहर मन्दिर पुनःनिर्माण तथा श्रीपरमानन्द–संस्कृत–गुरुकुलको स्तरोन्नतिका लागि भूमिदान महादान अभियान सुरु गरिएको छ ।

आज बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै मन्दिर व्यवस्थापन समितिले सो अभियान सुरु गरिएको जानकारी दिएको हो ।

वि.सं. २०७२ सालमा आएको भूकम्पले मन्दिरलाई क्षति पु¥याएको थियो । तर ५ वर्षसम्म पनि पुनःनिर्माण गर्न सकिएको थिएन । अब पुनःनिर्माणको काम थाल्ने गरी सहयोग जुटाउनका निम्ति भूमिदान महादान अभियान सुरु गरिएको श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले जानकारी दिए ।

मन्दिरलाई पुनःनिर्माण गर्नुपर्ने इन्जिनियरहरुको सुझावअनुसार आफूहरु अघि बढेको उनले बताए । मन्दिर निर्माणका लागि जग्गा अभाव भएकाले थप जग्गाा किनेर निर्माण गर्न लागिएको उनले बताए ।

सबै श्रद्धालु भक्तजनहरुलाई यस अभियानमा सहभागी भएर सहयोग गर्न उनले आग्रह गरेका छन् । मन्दिर पुनःनिर्माण गर्न करिव २० करोड, विद्यापिठ स्तरोन्नती गर्न १२ करोड र छात्रावासको स्तरोन्नती गर्न करिव १० करोड लाग्ने अनुमान गरिएको उनले बताए । जग्गा खरिदसहित सम्पूर्ण काम सक्न करिव ७०/८० करोड लाग्ने अनुमान गरिएको श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले बताए ।

पुनःनिर्माण गर्नुपर्ने मन्दिरको २०४५ सालमा शिलान्यास गरी २०५२ सालमा उद्घाटन गरिएको थियो । उक्त श्रीहरिहर मन्दिर, हरिहर सन्यास आश्रम तथा श्रीपरमानन्द–संस्कृत–गुरुकुल–विद्यापीठ देवघाटधाम, तनहुँमा हाल २५० भन्दा बढी विद्यार्थी बटुकहरुले निःशुल्क आवास, भोजनादिको सुविधासहित योग्य आचार्यहरुबाट आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म वैदिक शिक्षा आर्जन गरिरहेका छन् ।

आगामी योजनाअनुसार कम्तीमा पनि एक हजार एक सय जना विद्यार्थीहरुलाई निःशुल्क आवास, भोजन र स्तरीय संस्कृत शिक्षा प्रदान गर्ने आश्रमको उद्देश्य रहेको श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले जानकारी दिए । यी सबैको व्यवस्था गर्न आर्थिक स्रोतको मूल आधार भनेको श्रद्धालु भक्तजनहरुकै सहयोग ।

यी सबैको व्यवस्था गर्न आर्थिक स्रोतको मूल आधार भनेको श्रद्धालु भक्तजनहरुकै सहयोग भएकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>