Breaking News

चितवनमा भोलि राती १२ बजेदेखि ३१ गतेसम्म निषेधाज्ञा

Banner

चितवन,बैशाख १५-

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

डिसीएमसीको निर्णय प्रमुख जिल्ला अधिकारीले जारी गर्नेछन । चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहांले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताउनुभयो ।

चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक\एक जना संक्रमित थपिएका छन् । काठमाडौंमा भोलिदेखि निषेधाज्ञा हुंदैछ भने नेपालगन्ज पोखरामा निषेधाज्ञा लागु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>