Breaking News

निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट दुई दिनमा बाहिरिए एक लाख मान्छे

Banner

काठमाडौं,बैशाख १५-

कोरोना संकट न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि २ दिनमा १ लाखले मानिस काठमाडौंबाट बाहिरिएका छन्। सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट बाहिरिनेको भिड लागेको हो।

उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ। नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन्।

यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>