Breaking News

गण्डकी प्रदेश सभाका तीन जना सांसद र एक कर्मचारीमा कोरोना संक्रमण

Banner

पोखरा,बैशाख १५-

गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको हो । त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ ।

मंगलवारको बैठकमा एमालेका पहारीले नै पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उनमै संक्रमण देखिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूचि छ । बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्ताव १३ गते सदनमा पेस भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै पेस भएको अविश्वास प्रस्तावमाथि सोमबार र मंगलबार छलफल हुने र बुधबार (आज्) मतदान गर्ने कार्यसूचि थियो ।

तर, मंगलबार सत्तारुढ दल नेकपा एमालेले पीसीआर परीक्षणबिना बैठक बस्न नहुने अडान राखेपछि बैठक स्थगित भयो । प्रदेश सभा सचिवालय कर्मचारी, सांसद, सुरक्षाकर्मी र चालकसहितको पीसीआर परीक्षण नतिजा आइसकेपछि मात्रै संसद सुरु हुने गरी आज दिउँसो १ बजेसम्मका लागि संसद स्थगन गरिएको थियो ।

मंगलबारको बैठकमा २५ जना सांसदले आफ्नो राय राख्ने र अन्तिममा मुख्यमन्त्रीले आफ्नो भनाइ राख्ने तय थियो । तर, संसद रोकिएपछि आज मतदान हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न भएको छ । उसो त जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासमेत आजैबाट लागू भएको छ । तर, प्रशासनको आदेशलाई लत्याउँदै प्रदेश सभा बैठक भने जारी हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>