Breaking News

थानकोट-नागढुङ्गा सुरुङ मार्गको काम तीव्र,दैनिक छ सय जनशक्ति कार्यरत

Banner

काठमाडौँ, वैशाख १५-

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । सुरुङमार्गको पूर्वतर्फ (काठमाडौँ) बाट र पश्चिमतर्फ (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर जारी छ । आयोजना स्थलमा दैनिक तीन सिफ्टमा छ सय जना जनशक्ति कार्यरत छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, स्थानीयको अवरोध, भारतबाट विस्फोटक पदार्थ ल्याउनमा भएको ढिलाइलगायतका समस्यालाई समाधान गर्दै बिनाअवरोध सुरुङ निर्माण कार्य अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका वरिष्ठ इन्जिनियर अच्युत भट्टले सुरुङ खन्नेलगायत सम्पूर्ण निर्माण कार्यले तीव्रता पाएको बताउँदै भन्नुभयो, “सुरुङ खन्नु, पहुँच बाटोहरूको निर्माण गर्नु, कल्भर्टलगायतका संरचनाको निर्माण गर्नुबाहेकको अन्य कुनै काम अब बाँकी छैन ।”

उहाँले मुख्य सुरुङमार्गको ११४ मिटर र सहायक सुरुङमार्गको २२९.५ मिटर खन्ने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

उहाँका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर र सहायक सुरुङमार्गको १५७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर र सहायक सुरुङमार्गको ७२.५ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमार्ग करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुँदैछ । निर्माणाधीन सुरुङमार्गमा पेट्रोलियम पदार्थ बोेकेका सवारीसाधन र मोटरसाइकललाई प्रवेश निषेध गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>