Breaking News

सांसदहरुको कोरोना संक्रमण परीक्षण नभएपछि बैठक अवरुद्ध

Banner

पोखरा,  वैशाख १४ –

सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरीकन नै बैठक बोलाएपछि सत्तारुढ दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा आज छलफल भइरहेको बेला एमालेले बैठक रोकेको हो । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने सांसद राजीव पहारीले जानकारी दिए ।

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरेको बताए ।
प्रदेश प्रमुखले अधिवेशन बोलाएकोले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>