Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस

Banner

पोखरा, वैशाख १३

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा आज अविश्वास प्रस्ताव पेस भएको छ ।

प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

बैठकमा उनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका तीन दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए । विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए । सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन् ।

वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् । १२ सांसद रहेको माओवादीबाट १ जना चाहिँ सभामुख छन्।

राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङ सरकारको पक्षमा भए पनि पार्टी केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । १ स्वतन्त्र सांसद पनि एमाले समर्थक हुन् । २७ मध्ये १ जना माधव नेपाल समूहका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>