Breaking News

ठिमुरा–देवघाट जोड्ने पुल पुनः भाँचियो, एकको मृत्यु, २ बेपत्ता, ८ जना घाइते

Banner

चितवन, १२ वैशाख
भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा एक जनाको भएको छ । घटनामा दुई जना बेपत्ता र ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक भारतीय नागरिक ४३ वर्षीय विजय यादव रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । अन्य घाइतेहरुको उपचार चितवन मेडिकल कलेजमै भइरहेको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>