Breaking News

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल कोरोना उपचारको लागि अस्पताल भर्ना

Banner

काठमाडौँ, वैशाख ११-

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् ।

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना संक्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>