Breaking News

ओलीले एमालेको स्थायी कमिटीमा नेपाल पक्षको एक जना पनि राखेनन्

Banner

काठमाडौँ, वैशाख १०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका एक जनालाई पनि नराखी स्थायी समिति बनाएका छन्।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि एमालेका खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएको छैन।

माओवादीबाट एमाले प्रवेश गरेकाहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा एमाले स्थायी कमिटीमा समेटिएका छन्।

स्थायी कमिटीमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल रहेका छन् ।

अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली, उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलसहित यी नेताहरू रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>