Breaking News
चितवनसहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना
०

चितवन,बैशाख ९-
चितवनसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
यस्तै बिहीवार (आज) देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























