चितवन विशेष
लियो क्लव अफ नारायणगढको अध्यक्षमा मोहन
०
चितवन, वैशाख ६–
लियो क्लव अफ नारायणगढको अध्यक्षमा मोहन तिवारी चयन भएका छन् । क्लवको वार्षिक साधारणसभा तथा अधिवेशनले वर्ष २०२१÷२२ का लागि अध्यक्षमा तिवारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस्तै क्लवको प्रथम उपाध्यक्षमा अस्मिता रेग्मी, द्धितिय उपाध्यक्षमा प्रशिद्ध , तृतीय उपाध्यक्षमा मदन सापकोटा, सचिवमा देव क्षेत्री र कोषाध्यक्षमा पुस्कर अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक सबल पियाले जानकारी दिए ।
क्लवको अन्य पदहरुमा पछि चयन गरिने पियाले जानकारी दिए । नयाँ कार्यसमितिको कार्यकाल आगामि जुलाई महिनादेखि सुरु हुनेछ । लियो क्लव अफ नारायणगढ चितवनकै पुरानो क्लव हो । यस क्लवले सामाजिक क्षेत्रमा उल्लेखीय कार्यक्रमहरु गर्दै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























