Breaking News
एमाले केन्द्रीय समिति बैठक आज बस्दै, नेपाल समूह सहभागी नहुने
०

काठमाडौं,बैशाख ६-
सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ । एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर माधव नेपाल पक्ष सहभागी नहुने भएका छन् ।
बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























