Breaking News

काठमाडौंबाट माडी अयोध्यापुरी आउने रथयात्रालाई देवघाटधाममा स्वागत गरिने

Banner

चितवन,बैशाख ५-

रामनवमीका अवसरमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्ने उद्देश्यले आयोजित सीताराम, लक्ष्मण र हनुमानको मूर्ति शोभायात्रालाई तनहुँको देवघाटधाममा स्वागत गरिने भएको छ । यही वैशाख ७ गते पशुपतिनाथस्थित राम मन्दिरबाट प्रारम्भ भई सोही दिन अपराह्न देवघाट आइपुग्ने रथयात्रालाई स्वागत गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले रथयात्रालाई स्वागतका लागि देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायत सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो । देवघाट गाउँपालिका–५ स्थित गाउँपालिकाको कार्यालय अगाडि उक्त रथयात्रालाई स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

वैशाख ८ गते बिहान गलेश्वर आश्रम, सिद्धेश्वर आश्रमबाट शोभायात्रालाई कलश यात्रासहित देवघाटधामबाट बिदाइ गर्ने कार्यक्रम तय भएको सो समितिले जनाएको छ । सोही दिन चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>