Breaking News

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका तीन सांसदलाई मन्त्री पद उपहार

Banner

सुर्खेत,बैशाख ५-

पार्टीको आदेश उल्लंघन गर्दै फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार जोगाउन गएका नेकपा एमाले माधव नेपाल पक्षका तीन जना प्रदेशसभा सदस्यलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदमा समावेस गरेका छन्। फ्लोर क्रस गर्ने चार जना मध्ये नन्दसिंह बुढा अमरबहादुर थापा र कुर्मराज शाही मन्त्री भए पनि प्रकाश ज्वाला भने मन्त्री भएका छैनन् ।

मुख्य मन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री बनाएका छन् । ३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । एमाले प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई शनिबार नै पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>