Breaking News
चितवनसहित मुलुकभरका अधिकांश भूभागमा हावाहुरी, केही दिन कायमै रहने पूर्वानुमान
०

चितवन,बैशाख ३-
चितवनमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन ।आखिर यसरी एकाएक किन हावाहुरी चल्यो ? जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोध्दा उनले देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको बताइन् ।
उनले चितवनसहित सबै प्रदेशमा हावाहुरी चलेको हुन सक्ने बताउँदै यो क्रम झण्डै दुई घण्टा चल्ने अनुमान गरिएको बताइन् । जहाँ-जहाँ बादल बनेको छ त्यहाँ हुरी चलेको छ भन्दै उनले प्रदेश १, बागमती, गण्डकी सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल रहेको बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























