Breaking News

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता,नयाँ मुख्यमन्त्रीमा नेपाली प्रस्ताव

Banner

पोखरा,बैशाख २-

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभामा अविश्वास प्रस्ताव गरेका हुन्। मुख्यमन्त्री पदका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ। कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेको छैन। तर अविश्वास प्रस्तावमा समर्थन गर्ने बताएको कांग्रेसका एक सांसदले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>