Breaking News

कांग्रेस नेता गिरी भन्छन्: प्रधानमन्त्री ओली प्रश्नको जवाफ दिनमा नरेन्द्र मोदीबाहेक कसैसँग हार्देनन्

Banner

काठमाडौँ, चैत ३०-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीले प्रश्नको जवाफ दिनमा प्रधानमन्त्री केपी शर्मा ओली एसियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक कसैसँग नहार्ने टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा यसअघि आफूले संसदमा राखेको ‘इनअफ इज इनअफ’को प्रसंग जोड्दै गिरीले जवाफ दिनमा ओली माहिर भएको बताएका हुन् ।

‘मेरो त्यसबेलाको इनअफ इज इनअफको बढो चोटिलो गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको थियो । उत्तर दिनमा उहाँको कुनै जोड छैन । नेपालमा मात्र होइन, मेरो विचारमा जवाफ दिनमा उहाँले हारे मोदीसँग हार्नुहोला एसियामा अरूसँग हार्नुहुन्न उहाँ,’ गिरीले भने, ‘यस अवस्थामा अहिले सबैभन्दा ठूलो प्रश्न, एकछिन अघि शून्य समयका वक्ताले भन्नुभयो त्यो चुच्चे नक्सा हरायो ? चुच्चे नक्साको भ्रुण हत्या भएको हो या राष्ट्रिय राजनीतिको सानो मोहर मात्र थियो ?’

शून्य समयमा माओवादीका गजेन्द्र महतले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको आरोप लगाएका थिए । यसअघि गिरीले संसद्मा बेलायतको घटना कोट्याउँदै ओलीको राजीनामा माग गरेका थिए । कांग्रेस नेता गिरीले अहिले चुनावको बहस भए पनि यो संसद्लाई पूरा कार्यकाल चल्न दिनुपर्ने बताए । ‘म प्रधानमन्त्री ओलीलाई भन्छु, आजको राष्ट्रिय नियतीलाई सम्बोधन गरिकन नयाँ उचाइ प्राप्त गर्नुस् । जालझेल गरेर सकुनीले पासा फ्याँकेजस्तो दुबारा (फेरि) पासा फ्याँकेर संसद् विघटनको दिशामा नगइदिनुस्,’ गिरीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>