Breaking News

चितवनमा खडेरी र डढेलोले ताल सुक्ने खतरा

Banner

मनिका विश्वकर्मा

भरतपुर, चैत ३० –

चितवनलाई प्राकृतिक सम्पदाले ढाकिएको हरियाली जिल्ला मानिन्छ । नेपालको सबैभन्दा गहिरो नदीको रुपमा चिनिने नारायणी नदी पनि चितवनमा नै छ । २ हजार २ सय ३८ दशमलब ३६ वर्ग मिटर क्षेत्रफलमा फैलिएको चितवनमा प्रशस्तै सिमसार क्षेत्र छन् । सिमसार भन्नाले पानीले भिजेको वा पानी भएको जमिनलाई बुझ्न सकिन्छ । जसमा पानी जमेको वा बगेको, जलाशय, ताल, पोखरी, नदीबाट प्रभावित भूमि आदि पर्छन् । तर पछिल्लो समय जलवायु प्रदुषणको कारण चितवनका यी सिमसार क्षेत्रहरुलाई प्रत्यक्ष असर पु¥याईरहेको छ । चितवनमा लगभग २ सयभन्दा बढी तालहरु रहेका छन् । जसमा मानव निर्मित सय भन्दा धेरै छन् भने प्रकृतिले नै दिएको ८८ भन्दा धेरै रहेको तथ्यांक छ ।

चितवनका सामुदायिक वनमा लागेको डढेलो केही दिन मात्रै नियन्त्रणमा आएको हो । यसले गर्दा चितवनका सिमसार क्षेत्रलाई धेरै असर पु¥याएको चितवनका वातावरण विज्ञ धुव्र आर्चाय बताउनुहुन्छ । आर्चायका अनुसार लामो समयदेखी वर्षा नहुँदा, हावा पनि नचल्दा प्रदुषण सबै जमिनले सोस्ने कारणले पनि पानीका स्रोत अर्थात मुहान सुक्ने गर्छ । जलवायु प्रदुषणले गर्दा ताल, पोखरीहरु सुक्ने गरेको उहाँको भनाई छ । लामो समयसम्म आकाशबाट पानी नपर्दा खडेरी हुने आर्चायले बताउनुभयो । ‘पानीको मुहानहरु सुक्नाले वन्यजन्तुलाई प्रत्यक्ष असर पु¥याउँछ’ आचार्यले भन्नुभयो ‘वन्यजन्तुलाई पानी अपुग भएर मात्रै होइन प्रदुषित पानीले पनि उनीहरुको मृत्यु समेत हुन सक्ने खतरा छ ।’ उहाँले पछिल्लो समय चितवनमा गैंडा मरेको कारण पनि प्रदुषित पानीले हुनसक्ने भएकाले यसबारे अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।

वर्षा नहुँदा वायुमण्डलमा हुने प्रदुषण सबै ताल पोखरीमा मिसिन जाने उहाँले बताउनुभयो । त्यस्तै तापक्रम बढ्दै जाने भएकाले पनि तालहरु सुक्ने गर्छ । पानीमा तैरिने प्लान्ट, जलकुम्भी, वनमारा, एजोला, थात्ला जस्ता बिरुवाहरुले पनि पानी धेरै सोस्ने भएकाले खडेरी लागेको समय ताल, पोखरीको पानी छिट्टै सुक्ने आर्चायले बताउनुभयो ।

पछिल्लो समय जिल्लाका केही स्थानीय तहहरुले खानेपानीको लागि जमिनमुनिको पानी दोहन गरेकाले तालहरुलाई समस्या निम्ताएको आचार्यको भनाई छ । पहिला जमिनमुनि १५ फिट खनेर पानी निकाल्न सकिन्थ्यो भने अहिले त्यो भन्दा धेरै फिट खन्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले चुरेका फेदहरुबाट आउने पानीलाई संरक्षण गरी खानेपानीको लागि प्रयोग गर्न सकिने आचार्यको सुझाव रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले मानव निर्मित ताल, पोखरी विस्तारै सुक्ने क्रममा रहेको बताउनुहुन्छ । राष्ट्रिय निकुञ्जले वर्षेपिच्छे ४÷५ वटा ताल, पोखरीहरु निर्माण गर्ने गरेको छ । यसपाली डढेलोले गर्दा ती ताल पोखरीहरुलाई धेरै असर पु¥याएको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हिउँदे महिनामा पानीका मुहानहरु बढी सुक्दथे । हाल डढेलोको कारण नै ताल पोखरीहरु सुकेको भन्ने तथ्यांक भने नभएको बरालको भनाइ छ । उहाँले भन्नुभयो, ‘वायु प्रदुषणको कारणले नै तालहरु सुकेको भन्ने रेर्कड छैन । वर्षेपिछे निकुञ्जले २५ वटा भन्दा धेरै ताल, पोखरीहरु बनाउँदै आएको छ ।’ तालको संरक्षण गरे पानीको सञ्चय, बाढी नियन्त्रण र प्रदुषण नियन्त्रण हुने बरालले बताउनुभयो । ‘सिमसारको संरक्षण गर्नु भनेको नै खतराको सूचीमा रहेका वन्यजन्तुको बाँसस्थानको पनि संरक्षण गर्नु हो’ बरालले भन्नुभयो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यो वर्ष मात्रै निकुञ्जले २० वटा ताल र पोखरी निर्माण गरेको छ । तालको संरक्षणको लागि प्रत्येक महिनामा सरसफाई गर्ने गरिएको उहाँले बताउनुभयो । निकुञ्जले २ हजार ५ सय हेक्टर भन्दा बढी घाँसे मैदानहरु बनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा मात्रै निकुञ्जले ७६ वटा तालहरु निर्माण गरेको थियो ।

फोटो:निशा श्रेष्ठ

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>