Breaking News
अपडेट-चितवनमा घर ढलान गरेर फर्किँदै गरेका कामदार चढेको ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु, दर्जन बढी घाइते
०

चितवन, चैत २९-
राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।
घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























