चितवन विशेष
भरतपुरमा वे–ग्रुपले गर्यो सदस्यहरुका लागि पाँचदिने उद्घोषण तालिम

भरतपुर, चैत २७ –
वे–ग्रुप नेपालले वे–ग्रुपका सदस्यहरुका लागि पाँचदिने उद्घोषण सुरू गरेको छ । बागमती प्रदेशका सांसद् विजय सुवेदीले तालिमको उद्घाटन गरेका हुन् ।
सुवेदीले वे ग्रुपले सञ्चालन गरिरहेको सरसफाइ अभियानले समाजमा सकारात्मक प्रभाव पारेको बताए । उनले सो अभियानलाई देशैभरि विस्तार गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका हुन । मानिसमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले मानिसमा व्यक्तित्व र नेतृत्व विकास गर्न सघाउ पुग्ने सुवेदीले बताए ।
वे–ग्रुपका अध्यक्ष भोजराज कँंडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका–४ का अध्यक्ष हरिप्रसाद आचार्य इन्जिनियर विराट घिमिरे, पूर्वप्रहरी निरीक्षक सन्तोष पन्त, संस्थाका उपाध्यक्ष विजय सापकोटालगायतले मन्तव्य राखेका थिए ।
नारायण सापकोटा, मनोज घिमिरे, सविता अधिकारी र अपिल खरेलले तालिममा प्रशिक्षण दिने कार्यक्रम रहेको वे–ग्रुपका सचिव जीवन खरेलले बताए ।


























