Breaking News

देउवाले भने, ‘प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्छ ।’

Banner

काठमाडौं, चैत २७ –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि सत्ता कब्जा गर्न नसक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई देउवाले यसो भनेका हुन् । उनले भने,’ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ । उनले चाहेर पनि सत्ता कब्जा हुँदैन।’

काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने समेत बताए। ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने। उनले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन आग्रह गरेका थिए।

चुनावमा जान असहज नहुने र जनताको दिल जितेपछि चुनाव पनि जित्न सकिने देउवाले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>