Breaking News

राजनीतिकर्मी, व्यापारी इमानमा हिडौँ: प्रधानमन्त्री

Banner

काठमाडौं, चैत २६-

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह गरेका छन् ।

राजनीति जब जनताको हितबाट विचलित हुन्छ, तब देश अगाडि बढ्न नसक्ने भन्दै उनले सत्यको मार्ग, निस्वार्थताको मार्गमा हिँड्न सक्नुपर्ने बताए । ‘व्यापारीलाई इमानमा हिँड्न गाह्रो छ । देशको विकास गर्न राजनीति, व्यापारी इमानमा हिँडौँ’ बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभामा उनले भने ।

धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै उनले मुलुक समृद्धिको बाटोमा रहेको जीकिर गरे । ७० वर्षमा देशमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताए ।

७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उनले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको बताए । ‘उद्योग, वाणिज्य क्षेत्रको समस्या समाधानका लागि एक्सनमा जान्छौँ । प्रक्रियालाई सरलीकृत गर्छाैँ’, उनले उद्योगी–व्यवसायीबीच प्रतिबद्धता जनाए । सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उनले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>