Breaking News

संसदले काम गर्न नसके सभामुखमाथि उठ्छ प्रश्न :लालबाबु पण्डित

Banner

चितवन,चैत २६ –

नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा अहिले पनि धेरै विधेयक विचाराधीन भए पनि सरकारले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको दाबी गरे । संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको  बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । ‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ ,एकतर्फी रुपमा काम सरकारले भन्यो भने त्यो पूर्वाग्रह मात्रै हुन्छ ।’

यसमा सभामुखको विशेष भूमिका हुने भन्दै उनले भने, ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने  संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उनले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्किएर बसेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>